उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
दाङ – दाङमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । रुकुमबाट बिरामी लिएर कोहलपुर जाँदै गरेको रा १च ७८१ नं को एम्बुलेन्स दाङको लमही नगरपालिकास्थित अमिलियामा दुर्घटना भएको हो ।
दुर्घटनामा रुकुमका ७३ वर्षीय भीमु जैसी घाइते हुनुभएको इलाका प्रहरी कार्यालय अमिलियाले बताएको छ । जैशी दमको रोगी भएकाले उपचारका लागि कोहलपुर लैजाँदै गर्दा गए राति २ बजे दुर्घटना भएको प्रहरीले बताएको छ ।
एम्बुलेन्समा बिरामी जैसी, एक बिरामीको आफन्त र चालक सवार थिए । नगरपालिका स्वास्थ्यचौकी सतबरियाको रा १ज १२३ नं को एम्बुलेन्समा बिरामीलाई कोहलपुर पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।