रास्वपाकाे चेतावनी– ‘उपसभामुख रानालाई हटाउने गरी कदम चालिए प्रतिकार गर्छाैँ’

 भदौ २६, २०८१ बुधबार १४:५८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानालाई हटाउने गरी कदम चालिए प्रतिकार गर्ने चेतावनी दिएको छ । उपसभामुख इन्दिरा रानामाथि सत्ता गठबन्धनले संसद्सँग असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान लागेको आरोप लगाउँदै राजीनामा माग गरेपछि रास्वपाले आफूहरू प्रतिवाद गर्न तयार रहेको बताएको हो ।

आज सिंहदरबारमा संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले उपसभामुखको कदम गलत भए पनि स्पष्टीकरणको मौका दिनुपर्ने बताउनुभयो । उहाँले १८ महिना अगाडिको प्रकरणलाई अहिले आएर किन निकालिएको हो भनेर सत्तारूढ दललाई प्रश्न गर्नुभयो । आफूहरू पर्ख र हेरको अवस्थामा रहेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।

यसअघि हिजो बेलुका रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर उपसभामुख रानाको विषयमा छलफल गर्नुभएको थियो । दुई तिहाइ सरकारको प्राथमिकता अरू धेरै छन् तर उपसभामुखकै बारेमा सोचिरहनुभएको छ भने त्यो घातक हुन्छ भनेर आफूले प्रधानमन्त्रीलाई भनेको लामिछानेले जानकारी दिनुभएको छ ।

उपसभामुख रानाले गएको वर्ष अमेरिकामा हुने एक कार्यक्रममा सहभागी गराउन आफ्नो लेटरप्याडमा केही व्यक्तिलाई सिफारिशसहित दूतावासलाई लेखेको पत्र विवादमा परेको थियो । पत्र गएको साउन पहिलो हप्ता सार्वजनिक भएलगत्तै त्यसै बेला पनि संसद्मा यो विषय उठेको थियो ।

 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया