प्रधानमन्त्री ओलीद्वारा देउवा र प्रचण्डसँग संवैधानिक परिषद्को बैठक र संवैधानिक निकायका रिक्त पदमा सिफारिसबारे छलफल

 भदौ २७, २०८१ बिहीबार १४:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । बालुवाटारमा भएको छलफलमा संवैधानिक परिषद्को बैठक बोलाउने र संवैधानिक निकायका रिक्त पदमा नियुक्तीको सिफारिस लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकभर भोलिको बैठकमा नै रिक्त पदमा पदाधिकारीको सिफारिस गर्न सुझाव दिनुभएको छ । उपसभामुख इन्दिरा रानामगरलाई सत्तारुढ दलहरुले हटाउने तयारी गरिरहेका छन्, तर दलहरुले हटाउनुअघि नै विभिन्न संवैधानिक पदमा नियुक्तीको सिफारिस गर्ने प्रचण्डको योजना रहेको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीको नेतृत्वमा, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख प्रतिपक्षी दलको नेता र प्रधानन्यायाधीस रहने व्यवस्था छ । अहिले संवैधानिक परिषद्मा विपक्षी दल हाबी भएकाले प्रधानमन्त्रीसहित सत्तारुढ दलले उपसभामुखलाई हटाउने तयारी गरेका हुन् । एमाले र कांग्रेसले यो विषयमा छलफल गरिसकेका छन् । तर दुई तिहाई मत नपुग्ने डरले हटाउने प्रस्ताव अघि बढ्न सकेको छैन । 

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया