कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न अर्थमन्त्री पौडेलको निर्देशन

 भदौ २८, २०८१ शुक्रबार १७:४०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कर प्रशासनमा उल्लेखनीय सुधार हुने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

काठमाण्डौको लाजिम्पाटमा रहेको आन्तरिक राजश्व विभागको स्थलगत अवलोकनका क्रममा उहाँले आन्तरिक श्रोत परिचालनलाई प्रभावकारी बनाउन कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले लक्षित राजश्व लक्ष्य सम्पूर्ण रुपमा पूरा गर्न पनि निर्देशन दिनुभयो ।

उपप्रधान एवम् अर्थमन्त्री पौडेलले कोही पनि सरुवा, बढुवा वा अरू कुनै प्रयोजनका लागि मन्त्रीलाई भेट्न नआउन पनि आग्रह गर्नुभयो । मन्त्री पौडेलले आफ्नो रुची र चासो कर प्रशासनमा उल्लेखनीय सुधार र लक्ष्य पूरा गर्नेमा केन्द्रित रहेको बताउनुभयो । उहाँले सरकारले लिएको राजश्व उठाउनका लागि आवश्यक सहयोग के चाहिन्छ सरकारसँग माग्न पनि आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया