युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पश्चिमा देशलाई रुसको चेतावनी

 भदौ २८, २०८१ शुक्रबार १८:३१:८ | एजेन्सी
unn.prixa.net

एजेन्सी

रुसविरुद्ध युक्रेनलाई लामा दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन रुसले पश्चिमा देशलाई चेतावनी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन चेतावनीसहित यदी रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने बताउनुभएको बीबीसीले जनाएको छ । उहाँका अनुसार पश्चिमा देशमा बनेका लामो दूरीका अस्त्र युक्रेनले प्रयोग गर्नु भनेको युक्रेन युद्धमा नेटो देशहरू–अमेरिका र युरोपेली देश नै सहभागी भएको अर्थ लाग्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले दुई दिनअघि युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति दिन सकिने सङ्केत गर्नुभएको थियो । लगत्तै रुसी सरकारी टेलिभिजनले राष्ट्रपति पुटिनको धारणा सार्वजनिक गरेको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिका भ्रमणमा रहेका बेलायतका प्रधानमन्त्री किअर स्टार्मरसँग युक्रेनलाई रुसविरुद्धको युद्धमा लामो दूरीसम्म प्रहार गर्न सकिने क्षेप्यास्त्र प्रयोग गर्न दिने गरी प्रतिबन्ध फुकुवा गर्ने बारे छलफल गर्न लाग्नुभएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा साझेदारलाई सीमापारी रहेका निसानामा आक्रमण गर्न उपलब्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आउनुभएको छ ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया