संसद् अवरोध कायमै राख्ने प्रमुख प्रतिपक्ष दल माओवादीको निर्णय : उपसभामुखलाई हटाउन खोजे प्रतिवाद गर्ने

 भदौ २८, २०८१ शुक्रबार १८:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाणडौ – प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । संसदीय दलको आज बसेको बैठकले यसअघिको संसदमा अवरोध गर्नु सही भएको निष्कर्षसहित एमालेका सांसद योगेश भट्टराईको अभिव्यक्तिबाट शान्ति सम्झौता र संविधानको अपमान भएको ठहर गरेको छ ।

अस्ति बुधवार सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको निर्णय सुनाएपछि माओवादीले संसद् अवरुद्ध गरेको थियो । माओवादीकाे अवरोधकै कारण संसद् बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको थियो ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जनयुद्धलाइ अपमानित गरिएको र यसमा (संशोधन) नआउँदासम्म अवरोधलाई निरन्तरता दिने निर्णय गरेको जानकारी दिनुभयो ।

यस्तै आजको बैठकले उपपसभामुख इन्दिरा रानाले भिसा अन्तर्वार्ताका लागि पत्र लेख्नु कमजोरी भएको तर १८ महिनापछि संवैधानिक परिषद्लाई हेरेर उपसभामुखलाई हटाउन खोजिएको निष्कर्ष निकालेको छ । सत्ता गठबन्धनले उपसभामुखलाई हटाउन खोजे त्यसको प्रतिवाद गर्ने निर्णयसमेत भएको प्रमुख सचेतक हितराज पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया