फिफा वरियतामा नेपाल एक स्थान झर्‍याे

 असोज ४, २०८१ शुक्रबार ६:४१:५७ | एजेन्सी
unn.prixa.net

फिफा वरियताको पुरुषतर्फ नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनीक गरेको वरियतामा नेपाल एक स्थान तल झरेको हो  । नेपाल वरियताको १ सय ७६ औँ स्थानमा छ । नेपालले पछिल्लो फिफा विन्डोमा कुनै प्रतिस्पर्धा गरेन ।

दक्षिण एसियाली वरियतामा भुटान दुई स्थान तल झर्दै १ सय ८४ औँ  स्थानमा, बङ्गलादेश दुई स्थान तल झर्दै १ सय ८६ औँ स्थानमा, पाकिस्तान १ सय ९७ औँ स्थान र श्रीलङ्का ५ स्थान सुधार गर्दै २ सयौँ स्थानमा छ ।

नेपाल भन्दा माथि रहेको माल्दिभ्स १ सय ६३ औँ र भारत १ सय २६ औँ स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो, फ्रान्स दोस्रो, स्पेन तेस्रो, ईङ्ल्याण्ड चौथो र ब्राजिल पाँचौँ स्थानमा छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया