नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित

 असोज १९, २०८१ शनिबार ८:५०:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – नेपाल वातावरण पत्रकार समूहको अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित हुनुभएको छ । समूहको हिजो भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गर्नुभयो ।

कुल एक सय ४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा.रवि शर्मा अर्यालले जानकारी दिनुभयो । उपाध्यक्षमा टीका बन्धन निर्वाचित हुँदा महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला) मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध हुनुभएको छ । दुई सदस्य (पुरुष) तर्फ यम बम र रामप्रसाद भण्डारी विजयी हुनुभएको छ ।

कुल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले ती पदमा नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।     

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया