छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाण्डौ हुने

 असोज १९, २०८१ शनिबार ८:३७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन काठमाण्डौमा हुने भएको छ । त्रिभूवन विश्व विद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग (सीडीपीएस) ले गर्न लागेको सम्मेलनमा ५० भन्दा धेरै देशबाट प्रतिनिधि सहभागी हुनेछन् ।

विभागले हिजो पत्रकार सम्मेलन गरी आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म छैटौँ एशियाली जनसङ्ख्या सम्मेलन हुन लागेको जानकारी गराएको हो ।

आठ सय भन्दा धेरै प्रतिनिधि सहभागी हुने सम्मेलनमा एशियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरुले १७ वटा थिममा आधारित भएर झण्डै ४ सय कार्यपत्रहरु प्रस्तुत गर्ने सम्मेलन आयोजक समितिका संयोजक तथा त्रिभूवन विश्व विद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग प्रमुख प्राध्यापक डाक्टर योगेन्द्रबहादुर गुरुङले बताउनुभयो ।

सम्मेलनले सरकारलाई आवश्यक नीति तर्जुमा गर्न महत्त्वपूर्ण पृष्ठपोषण दिने अपेक्षा गरिएको छ ।

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया