आप्रवासी चढेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाएको घटनामा नेपाली सुरक्षित : दूतावास

 असोज १९, २०८१ शनिबार १२:२२:२५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकामा रहेको नेपाली दूतावासले मेक्सिको र ग्वाटेमालाको सिमानामा मेक्सिकन सेनाले ट्रकमा गोली चलाएको घटनामा सबै नेपाली सुरक्षित रहेको जनाएको छ ।

गएको बुधवार नेपालीसहित ३३ जना आप्रवासी चढेको ट्रकमा ग्वाटेमालाको सिमानामा मेक्सिकोको सेनाले गोली चलाएको थियो । घटनामा ६ जना आप्रवासीले ज्यान गुमाएको खबर सार्वजनिक भएको थियो । त्यस घटनामा नेपाली पनि परेका हुन सक्ने अनुमान गरिएको थियो ।

आज विज्ञप्ती निकालेर अमेरिकामा रहेको नेपाली दूतावासले ट्रकमा ११ जना नेपाल नेपाली रहेको पुष्टी गर्दै उनीहरु सुरक्षित रहेको  र अहिले मेक्सिकोको प्रहरी नियन्त्रणमा रहेको जनाएको छ । 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया