निगमको न्यारोबडी जहाजले फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने, भाडा ७ हजार रुपैयाँ

 असोज २१, २०८१ सोमबार १६:४५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने भएको छ ।

सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ । गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा उडान गर्दै आएको १ सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।

फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ । काठमाण्डौबाट भैरहवाका लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । निगमको वेबसाइटबाट टिकट लिन सकिनेछ ।

अन्तिम अपडेट: कात्तिक २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया