नेपालले स्वास्थ्य बीमा सुधारमार्फत नागरिकको स्वास्थ्य हक रक्षा गर्ने प्रयत्न गरिरहेको छ : मन्त्री पाैडेल

 असोज २२, २०८१ मंगलबार १५:११:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले साझा स्वास्थ्य सङ्कटसँग जुध्नका लागि स्रोत जुटाउन विश्व स्वास्थ्य सङ्गठनसँग आग्रह गर्नुभएको छ ।

भारतको नयाँ दिल्लीमा सञ्चालित दक्षिण एशिया क्षेत्रको बैठकलाई नेपालका तर्फबाट सम्बोधन गर्दै मन्त्री पौडेलले दक्षिण एशिया जनसाङ्ख्यिक हिसाबले समेत बढी स्वास्थ्य जोखिम क्षेत्रका रूपमा रहेको भन्दै यस क्षेत्रमा बढ्न सक्ने स्वास्थ्य समस्यासँग जुध्न स्रोतको अभाव प्रमुख समस्या रहेको बताउनुभयो । उहाँले नेपालको समस्या पनि दक्षिण एशियाको साझा समस्यासँग जोडिएको भन्दै आफ्नो स्रोत वृद्धिका लागि लाग्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

सङ्गठन सदस्य रहेका दक्षिणपूर्वी एशियाली राष्ट्रका स्वास्थ्यमन्त्री र सङ्गठनका उच्च अधिकारीको बैठकमा मन्त्री पौडेलले सबै सदस्य राष्ट्रहरूले आन्तरिक स्रोत थप गर्नुपर्ने बताउनुभयो ।

बैठकका क्रममा उहाँले सङ्गठनका दक्षिणपूर्वी एशिया निर्देशक सइमा वाजेदसँग भेटवार्ता गर्नुभएको थियो । त्यस क्रममा मन्त्री पौडेललेस्वास्थ्य बीमा सुधार गर्दै नागरिकको आधारभूत स्वास्थ्य उपचारको हक बलियो बनाउन नेपाल लागिपरेको भन्दै सङ्गठनबाट नीतिगत सहयोग र साथको अपेक्षा गर्नुभयो ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया