राष्ट्रपति पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिनुहुने

 असोज २६, २०८१ शनिबार ७:४१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले आज सर्वसाधारणलाई दशैँको टीका लगाइदिने हुनुभएको छ । राष्ट्रपति कार्यालयले यसअघि निकालेको सूचना अनुसार राष्ट्रपति पौडेलले आज दिउँसो ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जङ्गी तथा प्रहरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई ३ देखि साढे ३ बजेसम्म टीका लगाइदिने र त्यसपछि सर्वसाधारणलाई टीका लगाउने सूचनामा उल्लेख छ ।

यसैबीच राष्ट्रपति पौडेलले विजयादशमीको टीका आफ्ना ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउनुहुने भएको छ । बिहान शीतल निवासमा शुभ साइतमा उहाँले टीका र जमरा ग्रहण गर्नुहुनेछ । साथै उहाँले गुरुबाट पनि टीका, जमरा र प्रसाद ग्रहण गर्नुहुनेछ ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया