प्रधानमन्त्री ओलीद्वारा बुबाकाे हातबाट टीका ग्रहण, सर्वसाधारणलाई टीका नलगाइदिने

 असोज २६, २०८१ शनिबार १२:४४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बुबाकाे हातबाट दशैँको टीका लगाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले बिहान ११ बजेर ३६ मिनेटमा बुबा मोहनप्रसाद ओलीको हातबाट टीका लगाउनुभएको हो ।

प्रधानमन्त्री ओलीले परिवारका सदस्यबाहेक सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम छैन । प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैँ टीका उल्लासपूर्ण हुन नसकेकोसमेत उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुभकामना भडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रहसमेत गर्नुभयो ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया