प्रहरीसम्बन्धी विधेयक संसद्को आउँदो अधिवेशनबाट पारित गर्ने तयारी

 असोज २९, २०८१ मंगलबार १५:११:३९ | रासस
unn.prixa.net

तस्वीर : नेपाल प्रहरी

काठमाण्डाै – गृहमन्त्री रमेश लेखकले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट प्रहरीसम्बन्धी विधेयक पारित गर्ने तयारी रहेको बताउनुभएको छ ।

६९औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आज भएको कार्यक्रममा गृहमन्त्री लेखकले प्रहरी सङ्गठनको बृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताउनुभयो । गृह मन्त्रालयले प्रहरी ऐन २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सेवाको विशिष्टीकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ प्रावधान विधेयकमा समेटेको उहाँले बताउनुभयो । उहाँले गृह मन्त्रालयले यसलाई छिटोभन्दा छिटो प्रतिनिधिसभामा पेश गर्ने लक्ष्य राखेको जानकारी दिनुभयो ।

सुरक्षा निकायको कमी कमजोरीले सरकारले आलोचना व्यहोर्नुपर्ने भएकाले थप सतर्कताका साथ काम गर्न पनि गृहमन्त्री लेखकले निर्देशन दिनुभयो । महिला तथा बालबालिकामाथि हुने हिंसा, कसूरजन्य कार्य, भेदभा छुवाछुतलगायतका आपराधिक कार्यमा संलग्नलाई शून्य सहनशीलताको नीति लिएर कानूनको दायरामा ल्याउन उहाँले प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया