सत्य निरूपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया शुरू गर्न तीन दल सहमत

 कात्तिक १, २०८१ बिहीबार १७:४२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख तीन दल सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग चाँडो गठन गरी सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन सहमत भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा सङ्क्रमणकालीन न्याय सम्पादनलाई टुङ्गोमा पुर्‍याउन कानूनबमोजिम दुवै आयोगलाई यथाशक्य चाँडो पूर्णता दिएर अघि बढ्ने सहमति भएको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

बैठकले आयोग गठनका लागि पदाधिकारीको छनोट गर्न सिफारिश समिति गठन गर्ने निर्णय गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्को अब बस्ने बैठकले सिफारिश समिति गठन गर्नेछ ।

बैठकमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्याधिवक्ता रमेश बडाललगायत सहभागी हुनुहुन्थ्यो ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यसअघि नै संसद्बाट पारित भइसकेको छ । विधेयक गएको भदौ १३ गते नै राष्ट्रपतिबाट प्रमाणीकरण भएको भए पनि सत्य निरूपण र बेपत्ता आयोग पदाधिकारीविहीन छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सिफारिश समितिसमेत गठन भएको थियो । तर राष्ट्रिय मानव अधिकार आयोगले सदस्य नपठाएपछि सिफारिश समितिले पूर्णता पाउन सकेको छैन ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया