पालिका उपचुनाव : प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला उम्मेदवार बनाउन दलहरूलाई आयाेगकाे निर्देशन

 कात्तिक १, २०८१ बिहीबार १७:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावमा प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुने गरी मनोनयन दर्ता गराउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

आयोगले आज विज्ञप्ति निकालेर रिक्त रहेको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेश गर्न भनेको हो ।

आयोगको निर्देशनअनुसार दलहरूले नलगाढ नगरपालिका, गौरीशङ्कर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउनुपर्ने भएको छ । कीर्तिपुर नगरपालिका, ग्रामनाथ गाउँपालिका र महाबु गाउँपालिकाको प्रमुख पदमा भने महिला वा पुरुष जसलाई पनि उम्मेदवार बनाउन सकिन्छ । तीनवटै पालिकामा उपप्रमुख महिला छन् ।

संविधान र कानूनको सकारात्मक व्याख्या गरेर महिलाको उम्मेदवारी सुनिश्चित गर्न हिजो बसेको बैठकले यस्तो निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले यसअघि नै उपचुनावका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका सार्वजनिक गरिसकेको छ । आयोगका अनुसार पालिकामा रिक्त रहेका ४० वटा पदमा उपचुनाव हुँदैछ ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया