समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने विपक्षी दलहरुको निर्णय

 कात्तिक २, २०८१ शुक्रबार ११:५१:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विपक्षी दलहरुले समसामयिक विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेका छन् । आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको बैठकले बाढीपहिरो र पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।

बाढीपहिरो पीडितलाई उद्धार तथा राहतमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने विपक्षी दलहरुको तयारी छ । नागरिकको आवश्यकता सम्बोधन गर्न र सुशासन कायम राख्न सरकार असफल भएको विपक्षी दलहरुको निष्कर्ष छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगुवाइमा भएको बैठकमा संसदकाे विशेष अधिवेशनबारे छलफल भएको छ । 

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया