मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेकोमा चीनको विरोध

 कात्तिक २, २०८१ शुक्रबार १५:१९:२४ | एजेन्सी
unn.prixa.net

भारतको मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेपछि चीनले विरोध गरेको छ । मुम्बईमा ताइपेई आर्थिक र सांस्कृतिक केन्द्र (टीईसीसी) खुलेपछि भारतमा रहेको चिनियाँ दूतावासकी प्रवक्ता यु जिङ्गले सामाजिक सञ्जाल 'एक्स' मार्फत प्रतिक्रिया दिँदै विरोध गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ ।

संसारमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अभिन्न अङ्ग भएको यु जिङ्गको भनाइ छ । चीनसँग कूटनीतिक सम्बन्ध राख्ने कुनै पनि देशले ताइवानसँग आधिकारिक सम्पर्क राखेमा त्यसको कडा विरोध गर्ने उहाँले बताउनुभएको छ ।

यो विषयलाई चीनले भारतसमक्ष गम्भीरतापूर्वक उठाएको भन्दै प्रवक्ता यु जिङ्गले भारतले एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको पनि उल्लेख गर्नुभएको छ । ताइवानसँग कुनै पनि प्रकारको औपचारिक वार्ता नगर्न र चीनसँगको सम्बन्ध सुधार्ने प्रक्रियामा बाधा नपुर्‍याउन उहाँले भारतलाई आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया