शान्ति प्रक्रियासम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिश समितिलाई पूर्णता

 कात्तिक ३, २०८१ शनिबार ६:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले बेपत्ता पारिएका नागरिकको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि सिफारिश गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिलाई निरन्तरता दिने निर्णय गरेको छ ।

हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले यसअघि गठन भएको मिश्र नेतृत्वको सिफारिश समितिलाई नै आयोगका पदाधिकारी सिफारिश गर्ने जिम्मेवारी दिएको हो । समितिमा राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिका साथै जगदीश शर्मा पौडेल, अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य छन् ।

सिफारिश समितिले आयोगको पदाधिकारीमा नियुक्तिका लागि व्यक्तिको नाम सिफारिश गर्ने र सरकारले सिफारिशका आधारमा दुवै आयोगमा पदाधिकारी नियुक्त गरी न्यायिक प्रक्रिया अघि बढाउनेछ । दुवै आयोगमा अध्यक्ष र चार सदस्य हुने कानूनी व्यवस्था छ ।

आयोगहरूमा तत्काल पदाधिकारी नियुक्ति गरेर सङ्क्रमणकालीन न्याय निरूपणको काम चाँडै पूरा गर्न कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच सहमति भइसकेको छ ।

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया