दुई तिहाइको सरकारले दम्भ देखाएको रास्वपाका उपसभापति अर्यालको आरोप

 कात्तिक ३, २०८१ शनिबार १४:२५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेको विरोधमा आज पोखरा, काठमाण्डौसहित देशका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । पोखराको मानव अधिकार चोकमा उनका समर्थकले प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागीलाई पार्टीका उपसभापति डिपी अर्यालले संवोधनसमेत गर्नुभएको छ । उहाँले आफ्नो पार्टीका सभापतिलाई पक्राउ गरी दुई तिहाइको सरकारले दम्भ देखाएको आरोप लगाउनुभएको छ । लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि नेता/कार्यकर्ताले राजनीतिक प्रतिशोध साँधेको भन्दै पोखरा, काठमाण्डौको माइतीघरसहित विभिन्न ठाउँमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अनाधिकृत रूपमा गोरखा मिडिया नेटवर्कमा ल्याएको संसदीय विशेष छानविन समितिको प्रतिवेदनमा उल्लेख गरेपछि लामिछाने हिजो काठमाण्डौबाट पक्राउ परेका हुन् । उनलाई गएराति काठमाण्डौबाट पोखरा लगिएको थियो । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज सार्वजनिक बिदा रहेकोले भोलि मात्र अदालतमा उपस्थित गराउने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया