ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक छैन : प्रधानमन्त्री ओली

 कात्तिक ३, २०८१ शनिबार १५:२:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले गाडी चालक अनुमतिपत्रका लागि ट्रायल पास गरेपछि अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभएको छ । नागरिक एपमार्फत् सम्बन्धित व्यक्तिको मोबाइलमा लाइसेन्स उपलब्ध हुने उहाँको भनाइ छ ।

गाडी चालकले नियम उल्लङ्घन गरे ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै डिजिटल भुक्तानीको व्यवस्था गरिएकोसमेत प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिनुभएको छ ।

उहाँले लेख्नुभएको छ ‘अब गाडी लाइसेन्स छपाइ नहुँदा परेको समस्या अन्त्य भएको छ भने नियम उल्लङ्घनमा जरिवाना तिर्दा हुने झन्झट हटेको छ ।’ बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा भोलिदेखि यो व्यवस्था शुरु हुने उहाँको भनाइ छ । यस्तै प्रधानमन्त्री ओलीले नागरिक एपमा अरू सेवा पनि थप्ने तयारी गरिएको उल्लेख गर्नुभएको छ । 

अन्तिम अपडेट: कात्तिक ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया