भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

 कात्तिक ५, २०८१ सोमबार ६:१०:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले नेताहरू भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

हिजो बसेको सचिवालयको बैठकले पार्टी कार्यालयको भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई तथा लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेका पूर्वउपाध्यक्ष भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्थायी कमिटी सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सेनाले व्यवसायी मीनबहादुर गुरुङसँग दान लिएर पार्टी केन्द्रीय कार्यालय भवन बनाउने विषयमा असहमति राख्दै आउनुभएको छ ।

व्यवसायी गुरुङले दान दिएको भनिएको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको १० रोपनी १४ आना जग्गामा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भवनको शिलान्यास गरेपछि यसको विरोध हुँदै आएको छ ।

जग्गा दान लिएको विषयमा पार्टीपङ्ति र बाहिरबाट समेत आलोचना भएपछि एमाले केन्द्रीय सचिवायलयको हिजो बैठक बसेको थियो । बैठकले पार्टीको भवन निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट भएको जग्गा प्राप्तिलाई ‘स्वाभाविक’ भन्दै जग्गा प्राप्त हुँदा कुनै स्वार्थ नबाझिने निष्कर्ष निकालेको छ ।

बैठकपछि एमालेका महासचिव शंकर पोखरेलले जग्गा प्राप्तिमा देखिएका जटिलता कानूनी प्रक्रियाबाट समाधान गर्ने भन्दै एक जना व्यक्तिले सहयोग गर्छु भन्दा त्यो सहयोग लिएको र यसमा कुनै स्वार्थ नरहेको बताउनुभयो । भूकम्पको क्षतिमा अरूहरूले जस्तै एमालेले पनि सहयोग लिएको उहाँको तर्क छ ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया