रवि लामिछानेसँग बयान लिन शुरु

 कात्तिक ५, २०८१ सोमबार १७:२३:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापती एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसन्धान अधिकृत र सरकारी वकिलले लामिछानेसँग बयान लिन थालेका हुन् । लामिछानेलाई प्रहरीले गएको शुक्रवार पार्टी मुख्यालय वनस्थलीबाट पक्राउ गरेर पोखरा लगेको हो ।

कास्की जिल्ला अदालतले लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । लामिछाने बिरुद्ध सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राईसँग मिलेर लामिछाने सहकारीको रकम अपचलन गरेको आरोप छ । रकम अपचलनमा संलग्न भएको आरोपमा पूर्व डीआईजी छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए । जोशीलाई भने आज जिल्ला प्रहरी कार्यालय कास्कीले रुपन्देही लगेको छ ।

सूर्यदर्शन सहकारीसँगै बुटवलमा रहेको सुप्रिम सहकारी ठगी प्रकरणमासमेत अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई बिहान रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रुपन्देहीमा बयान पूरा भएपछि पर्सि बुधवार पोखरा फर्काइने प्रहरीले जनाएको छ । यसैबीच रास्वपाका नेता कार्यकर्ताहरुले सभापती लामिछाने पक्राउ परेको विरोधमा आज पनि पोखरा लगायतका ठाउँमा प्रदर्शन गरेका छन् । 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया