छानबिन र अभियोजनको काम नै प्रभावित पार्नेगरी भइरहेका गतिविधि रोक्न सरकारलाई एमालेको ध्यानाकर्षण

 कात्तिक ८, २०८१ बिहीबार १७:५७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेले सहकारी ठगी प्रकरणको छानबिन र अभियोजनको कामलाई नै प्रभावित गर्नेगरी राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) लगायतका संस्था र व्यक्तिहरूले अवाञ्छित गतिविधि गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेका महासचिव शंकर पोखरेलले आज विज्ञप्ति निकालेर संसद्ले गठन गरेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनको प्रक्रिया अघि बढिसकेको बताउँदै प्रतिवेदनका आधारमा किटान गरिएका व्यक्तिहरूका सन्दर्भमा भइरहेको अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सहयोग गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभएको छ ।

सहकारी ठगी प्रकरणको अनुसन्धान चलिरहँदा प्रधानमन्त्री र नेपाल सरकारका जिम्मेवार व्यक्ति तथा निकायका विरुद्धमा जिम्मेवार व्यक्तिहरूबाटै अमर्यादित अभिव्यक्ति दिने, गालीगलौज गर्ने र गलत आरोप लगाउँदै छानबिनको प्रक्रियालाई प्रभावित गर्नेगरी भ्रम सिर्जना गर्ने र अस्वस्थ वातावरण सिर्जना गर्ने काम हुनु अत्यन्त दुःखद विषय रहेको विज्ञप्तिमा उल्लेख छ ।

फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन र प्रतिरक्षालाई स्वतन्त्र, भयरहित र वैज्ञानिक बनाई फौजदारी न्याय प्रणालीको प्रभावकारिता बनाउनु सबैको साझा दायित्व भएको एमालेले बताएको छ । सबै पक्षको सकारात्मक सहयोगबाट नै अनुसन्धानको प्रक्रियालाई प्रभावकारी बनाई दोषी नउम्कने र निर्दाेष कोही पनि नफस्ने कुराको सुनिश्चितता गर्न सकिने महासचिव पोखरेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै एमालेले पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको पक्राउ विरोधमा रास्वपा सांसदहरूले प्रशासनको सूचनालाई अवज्ञा गर्दै गरिरहेको प्रदर्शन पनि गैरकानूनी भएको बताएको छ ।

विज्ञप्ति–

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया