रवि लामिछानेसहित १२ जनाविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

 कात्तिक ९, २०८१ शुक्रबार ६:१९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र उहाँका व्यवसायिक साझेदार छविलाल जोशीसहित १२ जनाविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि जिल्ला अदालत रुपन्देहीले हिजो उनीहरुविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो । पक्राउ पुर्जी  जारी भएसँगै अब रवि लामिछानेलाई सुप्रिम सहकारी ठगीको कसुरमा रुपन्देही लैजाने बाटो खुलेको छ ।

प्रहरीले यसअघि छविलाल जोशीलाई रुपन्देही लगेर बयान लिइसकेको छ । जोशीलाई इलाका प्रहरी कार्यालय बुटवल लगेर अस्ति बुधवार पोखरा फर्काइएको थियो ।

जिल्ला अदालत कास्कीले रवि र छविलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ । कास्कीमा रविको बयान सकिएपछि रुपन्देही लैजाने प्रहरीको तयारी छ ।

यस्तै चितवनको सहारा, वीरगन्जको साना पाइला, काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको मुद्दामा पनि उनीहरुमाथि अनुसन्धान हुने भएको छ ।
 

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया