सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कारण छैन : देउवा

 कात्तिक ९, २०८१ शुक्रबार १४:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्ता साझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति सन्तुष्ट रहेको बताउनुभएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको काममा कांग्रेसले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाइ छ ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा कांग्रेसका सभापति देउवाले सबै किसिमबाट वर्तमान सरकारले गति लिएको दाबी गर्नुभयो । विपद्का बेलाको उद्धार तथा त्यसपछिको राहत र व्यवस्थापनमा सरकारले कामै गरेन भनेर भ्रम फैल्याइएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘सय दिनलाई मैले त राम्रो मानेको छु । सरकारले राम्रो काम गरेको छ । सरकारले गति पनि लिएको छ । बाढी पहिरोमा सरकारले राम्रो उद्धार र खोजी गरेको छ ।  सरकारकाे कामबाट काँग्रेस सन्तुष्ट छ ? कसले भन्यो असन्तुष्ट छ भनेर ।’

सभापति देउवाले वर्तमान सरकार पूरा कार्यकाल अर्थात् एमाले–कांग्रेसको सरकार बनेको दिनदेखि दुई वर्ष प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्ने र बाँकी डेढ वर्ष आफूले नेतृत्व गर्ने बताउनुभयो ।

सभापति देउवाले अर्को दलसँग मिलेर सरकार बनाउँदा केही समस्या आउनु स्वाभाविक रहेको उल्लेख गर्नुभयाे ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया