उपचुनावका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण

महानगरका मेयर/उपमेयर पदका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्ने

 कात्तिक ९, २०८१ शुक्रबार १४:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आउँदो मङ्सिर १६ गते हुने रिक्त पालिकाको उपचुनावका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ ।

रिक्त रहेका जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष तथा नगरपालिकाका मेयर/उपमेयर र वडाध्यक्ष पदमा उपचुनाव प्रयोजनका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतपरिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको हद तोक्ने गरी आयोगबाट निर्णय भएको हो ।

जसअनुसार महानगरपालिकाका मेयर/उपमेयर पदका उम्मेदवारले सात लाख पचास हजार, उपमहानगरपालिकाका मेयर/उपमेयर पदका उम्मेदवारले पाँच लाख पचास हजार, नगरपालिकाका मेयर/उपमेयर पदका उम्मेदवारले चार लाख पचास हजार, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख पचास हजार र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपैयाँसम्म खर्च गर्न सक्नेछन् ।

त्यसैगरी महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले तीन लाख, उपमहानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले दुई लाख पचास हजार, नगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले दुई लाख र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको हद निर्धारण भएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: कात्तिक ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया