उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

 कात्तिक १२, २०८१ सोमबार ९:१७:१४ | रासस
unn.prixa.net

काठमाण्डौ – आउँदो मङ्सिर १६ गते हुने पालिकाको उपचुनावका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस भएका छन् । न्याय परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।

जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा पालिकामा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ । मङ्सिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, नगरपालिका मेयर १, गाउँपालिका उपाध्यक्ष ४, नगरपालिका उपमेयर १ र वडाअध्यक्ष ३३ गरी ४३ रिक्त पदमा उपचुनाव हुन लागेको हो ।

मतदाताको अन्तिम नामावली प्रकाशन हुने मिति कात्तिक २६ गतेसम्ममा कुनै पद खाली भएमा मङ्सिर १६ मै उपचुनाव गराउने निर्वाचन आयोगले जनाएको छ ।

उपचुनावका लागि २५ वटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् । कात्तिक २६ मा मतदाताको अन्तिम नामावली प्रकाशन र मतदान स्थल निर्धारण हुनेछ । कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना र मङ्सिर २ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगले जनाएको छ ।
 

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया