रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपा सांसदकाे अनुराेध

 कात्तिक १२, २०८१ सोमबार १५:३६:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रास्वपाका सांसद डा. चन्दा कार्कीले रवि लामिछाने भागेर कतै नजाने भएकाले थुनामै राखेर राजनीतिक प्रतिशोध नसाँध्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नुभएको हो । लामिछानेले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था रहेको र उहाँले प्रमाण नष्ट गर्ने सम्भावना पनि नरहेकाले थुनामा राख्न जरुरी नभएको कार्कीको भनाइ छ ।

‘उहाँ (रवि लामिछाने) भागेर जाने व्यक्ति होइन । गृहमन्त्रीलाई मेरो अनुरोध छ, रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु’, रास्वपाकी सांसद कार्कीले भन्नुभयो ।

१२ लाख मत ल्याएको र देशकै चौथो ठूलो दलको सभापतिलाई पक्राउ गरेर थुनामा राख्दा नागरिकको आन्दोलन हुनु स्वाभाविक भएको भन्दै उहाँले यसलाई न्यायालयलाई प्रभावित पार्ने कोशिशका रूपमा नलिन आग्रह गर्नुभएको छ ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया