सांसदहरूले अख्तियार प्रमुखलाई साेधे– ‘मीनबहादुर गुरुङले एमालेलाई जग्गादान दिनु भ्रष्टाचार हाे कि हाेइन ?’

 कात्तिक १२, २०८१ सोमबार १५:५१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सांसदहरूले भाटभटेनी सुपर मार्केटका प्रमुख मीनबहादुर गुरुङले नेकपा एमालेलाई करोडौं रुपैयाँ पर्ने जग्गादान गरेकाे विषय भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सोधेका छन् । गुरुङले एमालेलाई कीर्तिपुरमा झन्डै ११ रोपनी जग्गादान गर्नुभएको छ भने भवन पनि उहाँले नै बनाइदिँदै हुनुहुन्छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सांसदहरूले नेकपा एमालेलाई व्यवसायी गुरुङले दिएको जग्गादान भ्रष्टाचार हो कि होइन भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई सोधेका हुन् । फौजदारी मुद्दाका आरोपित व्यवसायीले प्रधानमन्त्रीकै दललाई जग्गादान दिनु भ्रष्टाचार हो कि होइन भनेर सांसदले जिज्ञासा राखेका छन् ।

नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले प्रधानमन्त्रीको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान दिनु र लिनु भ्रष्टाचार भएको बताउँदै यसमा अख्तियारले छानबिन गर्छ कि गर्दैन भनेर प्रश्न सोध्नुभएको छ । एमनेस्टी इन्टरनेशनल नेपालले जग्गादानलाई भ्रष्टाचार भनेको उल्लेख गर्दै माओवादीकी सांसद राईले अख्तियारले यो विषयलाई कसरी हेरेको छ भनेर प्रश्न सोध्नुभएको छ ।

यस्तै बैठकमा नेपाली कांग्रेसकी सांसद सरिता प्रसाईंले पनि गुरुङले करोडौं रुपैयाँ पर्ने जग्गा दिएको विषयमा प्रश्न सोध्नुभयो । ‘प्रधानमन्त्री, मन्त्री, सांसदहरूले गिफ्ट (उपहार) लिन थाले भने देश के हुन्छ ? गिफ्ट लिनेलाई मात्रै होइन गिफ्ट दिनेलाई पनि भ्रष्टाचारमा कारबाही हुनुपर्छ’, प्रसाईंले भन्नुभयो ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया