धनराज गुरुङ र ऋषिकेश पाेखरेलमाथि पनि अनुसन्धान हाेस् : गगन थापा

 कात्तिक १२, २०८१ सोमबार १८:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी संस्थाको रकम हिनामिनामा प्रश्न उठेपछि आफ्नै पार्टी उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ ।

राष्ट्र बैंकका कर्मचारीहरूले आज आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले उपसभापति गुरुङको संलग्नताको विषयमा अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको हो । धनराज गुरुङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिनुभएको छ ।

उहाँले नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । भ्रष्टाचार र अनियमितताको अनुसन्धानमा दल नहेरी कसुर हेर्नुपर्ने गगन थापाको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सहकारीका अपचलन गर्ने सयौंको सङ्ख्यामा छन् । ती मान्छेमध्ये ५/६ सय मान्छे अभियोजनको क्रममा छन् । अरू ५/७ सय मान्छे फरार छन् । ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याऊ । त्यो नयाँ होस् कि पुरानो होस् । त्यो घाम तापेर बसेको होस् कि घण्टी बजाएर बसेको होस् कि रुखको छायामुनि बसिराखेको होस् । छानबिन समिति बकाइदा त्यही भन्छ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको पनि संलग्नताकाे विषय बाहिर आएकाे छ । उहाँमाथि पनि अनुसन्धान गर्नुपर्छ । नेकपा एमालेका ऋषि पोखरेलमाथि पनि अनुसन्धान गर्नुस् ।’

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरूलाई धेरै नबोल्न पनि सुझाव दिनुभयो । सरकारमा बसेकाहरूले बोल्ने नभई उनीहरूले गरेका काम बोल्नुपर्ने उहाँकाे भनाइ थियाे ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया