देशमा असामाजिक क्रियाकलाप फस्टाउन दिँदैनाैँ : प्रधानमन्त्री ओली

 कात्तिक १३, २०८१ मंगलबार १७:५९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा असामाजिक क्रियाकलापहरू फस्टाउन नदिइने बताउनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विभिन्न शक्तिहरूले नेपाली मनलाई विभाजित गर्न खोजेका दाबी गर्नुभयो । उहाँले साम्प्रदायिक विद्वेष र अराजक क्रियाकलापहरूमार्फत नेपाली मनलाई विभाजित गर्न कोशिश भएको भन्दै त्यसलाई सफल हुन नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यति बेला अनेक प्रकारका शक्तिहरू नेपाली मनलाई विभाजित गर्न खाेजिरहेका छन् । भूमित त विभाजित गर्न सक्दैनन्, त्योभन्दा अगाडि नेपाली मनलाई विभिन्न नाममा विभाजित गर्न खाेजिरहेका छन् । साम्प्रदायिक विद्वेष अथवा अराजक गतिविधि, संविधान र कानून विपरीतका क्रियाकलापहरू भइरहेका छन् । म प्रधानमन्त्रीको हिसाबले भन्न चाहन्छु, ती कुराहरूलाई कुनै पनि हालतमा मौलाउन, फस्टाउन दिँदैनौँ ।’

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया