कीर्तिपुरको मेयरमा कांग्रेस विजयी
मंसिर १७, २०८१ सोमबार
काठमाण्डौ – नेकपा एमालेले मानव तस्करी मुद्दामा जोडिएका कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पार्टीबाट निलम्बन गरेको छ । नेकपा एमालेको कोशी प्रदेश कमिटिका अध्यक्ष घनश्याम खतिवडाले आज विज्ञप्ती निकालेर अधिकारीमाथि लागेको आरोपको छानविन भएर टुङ्गो नलाग्दासम्म संगठित सदस्यबाट निलम्बन गरिएको उल्लेख गर्नुभएको छ ।
मानव तस्करी जस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानविन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजानिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराइएको पनि विज्ञप्तीमा उल्लेख छ । लिलावल्लव अधिकारीलाई आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा एमालेको सङ्गठित सदस्यताबाट समेत निलम्बन गरिएको खतिवडाले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ ।
अवैध तरिकाले जापान गएका अधिकारीलाई त्यहाँको अध्यागमनले ४८ घण्टासम्म विमानस्थलमै राखेर नेपाल फिर्ता पठाइदिएको थियो । कोशी प्रदेश सरकारको तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका अधिकारीले मन्त्री पदबाट राजीनामा दिइसक्नुभएको छ ।
मन्त्रालयको नक्कली परिचयपत्र लगायतका कागजातका आधारमा अधिकारीसहित अरू तीन जना पनि दलाललाई पैसा तिरेर जापान गरेकोमा फिर्ता भएका थिए । अधिकारीले मुख्यमन्त्री हिक्मत कार्कीलाई समेत जानकारी नदिइ जापान पुग्नुभएको थियो । यो प्रकरणमा अरू तीन दिन पनि पक्राउ परेका छन् । तर एमालेका नेता लिलाबल्लभ अधिकारीमाथि छानविन नभएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।