एमालेको निष्कर्ष : दुवै छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक

 कात्तिक २४, २०८१ शनिबार १८:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेकपा एमालेले नेपालले भारत र चीन दुवै देशसँग सन्तुलित सम्बन्ध कायम गर्न आवश्यक रहेको निष्कर्ष निकालेको छ । आज बसेको सचिवालय बैठकले भारत र चीन दुवै छिमेकी देशहरूप्रति असल, सन्तुलित र राष्ट्रिय हितमा केन्द्रीत परराष्ट्र सम्बन्ध कायम गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।

आजको बैठकमा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका विषयमा समेत छलफल भएको थियो । बैठकको निष्कर्षबारे जानकारी दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको चीन भ्रमणलाई राष्ट्रिय हितमा अधिकतम उपयोग गर्नका लागि सरकारलाई आग्रह गरिएको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारीमाथि लागेको आरोपबारे गम्भीर छानविन हुनुपर्ने माग गरेको छ ।

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया