‘छक्का पञ्जा ३’ ले पूरा गर्‍याे प्रदर्शनको ५१ दिन

 मंसिर १३, २०७५ बिहिबार १४:४०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दसैंको घटस्थापनाको दिनबाट रिलिज भएको चलचित्र छक्का पन्जा ३ ले प्रदर्शनको ५१ दिन पूुरा गरेको छ । चलचित्रलाई यस वर्षकै प्रतिक्षित चलचित्रका रुपमा हेरिएको थियो । अपेक्षा गरे अनुरुप चलचित्रले दर्शकको माया पाइरहेको छ । यो चलचित्रले घटस्थापनाको दिनदेखि अहिलेसम्म पनि उत्तिकै व्यापार गरिरहेको छ ।

चलचित्रले नेपालको सफल प्रदर्शनसँगै अन्तर्राष्ट्रिय प्रदर्शनमा पनि रेकर्ड ब्रेक गर्न सफल भएको छ । चलचित्रले अमेरिका, अष्ट्रेलिया, जापान, स्पेनलगायतका देशहरुमासमेत रेकर्ड ब्रेक गर्न सफल भएको निर्माता दीपकराज गिरीले बताए । चलचित्रले नेपालको प्रदर्शनबाट मात्र करिब २० करोड माथिको व्यपार गर्न सफल भएको बताइएको छ ।

विदेश प्रदर्शनका निम्ति चलचित्र युनिटले हाइलाइट्स नेपाललाई १ करोड मुल्यको ओभरसिज राइट्स बिक्री गरिसकेको छ । जसले गर्दा विदेश प्रदर्शनबाट आएको रकम भने हाइलाइट्स नेपालको हुनेछ । घटस्थापनाका दिनदेखि प्रदर्शनमा आएको चलिचित्रले उपत्यकाका १३ वटा हलहरुमा ५१ दिन पूरा गरेको निर्माता तथा कलाकार दीपकराज गिरीले बताए । ५१ दिन पूरा गरेको अवसरमा चलचित्र युनिटले काठमाडौंको बालाजुमा रहेको बिएसआर हलमा दर्शकसँग साक्षात्कारसमेत गरेको छ ।

हुन त यो युनिटले निर्माण गरेका यस अगाडिका चलचित्रहरुले पनि विभिन्न रेकर्डहरु राख्दै आएको छ । चलचित्र बजारको व्यापारमा यो ब्यानरले सनसनी नै मच्चाउने गरेको छ । जसरी अघिल्ला चलचित्रहरुले व्यापारिक सफलता हात परेको थियो त्यसरी नै यस चलचित्रले पनि व्यापारिक रुपमा नयाँ छलाङ मारिरहेको छ ।अघिल्ला चलचित्रहरुलाई कन्टेन्टमा दोषी देखाउने गरिएको थियो । चलचित्रले कुनै सन्देश दिन नसकेको आरोप लाग्ने गरेको थियो । तर यसपटक चलचित्रमा उठान गरिएको कथाबस्तुलाई दर्शकले राम्रो रुचाएका छन् । 

जसकाकारण पनिचलचित्रको व्यापार राम्रो देखिएको हो । दीपाश्री निरौलाको निर्देशनमा निर्माण भएको चलचित्र छक्का पञ्जा ३ मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, विल्सन विक्रम राई, दीपिका प्रसाई, निर शाहलगायतका कलाकारहरुको  मुख्य भूमिका रहेको छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 


 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया