एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ । आज भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो ।
चितवनले दिएको १ सय ३१ रनको लक्ष्य कर्णालीले अन्तिम बल बाँकी छँदा ४ विकेट गुमाएर भेटायो । कर्णालीका शिखर धवनले ४५, चादविक वाल्टनलले ३० रन बनाए । चितवनका कप्तान कुशल मल्ल, जान निकोल लोफ्टी एटन र रवि बोपाराले १/१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो । चितवनका रवि बोपाराले ५९ रन बनाए । कर्णालीका विपिन शर्माले ३, जीशान मक्सूदले २ विकेट लिए ।
प्रतियोगितामा कर्णालीको यो पहिलो जीत हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्स र दोस्रो खेलमा काठमाण्डौ गुर्खाजसँग पराजित भएको थियो । चितवनले भने पहिलो हार बेहोरेको छ । चितवनले पहिलो खेलमा काठमाण्डौ गुर्खाजलाई र दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई हराएको थियो ।
एनपीएलमा आजै दोस्रो खेलमा दिउँसो १ बजे लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।