चर्चित क्रिकेटर ब्रायन लारा नेपालमा

 मंसिर २८, २०८१ शुक्रबार १०:३४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । लारा नेपाल क्रिकेट सङ्घ क्यानको निमन्त्रणामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

वेस्ट इन्डिजका क्रिकेट खेलाडी लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट चार सय रन बनाउने कीर्तिमान छ । ५५ वर्षीय लाराले वेस्ट इन्डिजका लागि एक सय ३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने दुई सय ९९ ओडीआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् ।

लाराले जारी नेपाल प्रिमियर लिग (एनपीएल) का खेलाडीहरूसँग पनि कुराकानी गर्ने क्यानले जनाएको छ ।  

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया