एनपीएल : कर्णालीले लुम्बिनीलाई दियो एक सय २९ रनको लक्ष्य

 मंसिर २८, २०८१ शुक्रबार १०:४८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई एक सय २९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनायो ।

प्लेअफ दौडबाट बाहिरिसकेको लुम्बिनीको जारी एनपीएलमा अन्तिम खेल हो । पाँचमध्ये तीन खेल जितेको कर्णाली लिग तालिकाको चौथो स्थानमा छ ।

यस्तै दोस्रो खेलमा दिउँसो एक बजे विराटनगर किङ्गस र चितवन राइनोज खेल्दैछन् । पाँचमध्ये तीन खेल खेलेको चितवन तेस्रो र पाँचमध्ये एक खेल जितेको विराटनगर तालिकाको पुछारमा छ ।  
 

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया