पूर्वमन्त्री दलबहादुर रानालाई पितृशोक

 मंसिर १५, २०७५ शनिबार १०:४५:३३ | रासस
unn.prixa.net

पाल्पा – पूर्व भूमिसुधार तथा व्यवस्थामन्त्री दलबहादुर रानालाई पितृशोक परेको छ । 

पाल्पा क्षेत्र नम्बर १ का सङ्घीय सांसद तथा नेकपा एमालेका प्रदेश नम्बर ५ का सहइन्चार्जसमेत रहनुभएका रानाका पिता रुकबहादुर रानाको ९२ वर्षको उमेरमा आज बिहान काठमाडौँमा निधन भएको हो । 

मुटुसम्बन्धी समस्याका कारण उहाँको निधन भएको परिवारले जनाएको छ । रानाका पाँच छोरामध्ये सांसद राना माइला हुनुहुन्छ । रामपुर नगरपालिका–१, पाल्पाका रुकबहादुर राना परिवारसँग काठमाडौंमा बस्दै आउनुभएको थियो ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया