विराटनगरले चितवनलाई दियाे १ सय ८२ रनकाे लक्ष्य

 मंसिर २८, २०८१ शुक्रबार १४:४८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले चितवन राइनोजलाई १ सय ८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो । विराटनगरका बसिर अहमदले नटआउट ६८, मार्टिन गप्टिलले ४५, राजेश पुलामीले नटआउट ३३ रन बनाए । चितवनका रिजन ढकालले २ विकेट लिए ।

एनपीएलमा चितवन ५ खेलमा ६ अङ्कसहित तालिकाकाे चाैथाे स्थानमा छ । विराटनगर ५ खेलमा २ अङ्कसहित पुछारमा छ ।

अन्तिम अपडेट: पुस ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया