कञ्चनपुरको बेलौरीमा झण्डै ३२ किलो तौल भएको अजिङ्गरको उद्धार

 मंसिर ३०, २०८१ आइतबार ९:१८:१३ | रासस
unn.prixa.net

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर चारमा भेटिएको झण्डै ३२ किलो तौल भएको अजिङ्गरको वन कार्यालयले उद्धार गरेको छ ।

उखुबारीमा फेला परेको बर्मी जातको वयस्क अजिङ्गरको उद्धार गरेको कुण्डा सबडिभिजन वन कार्यालयका प्रमुख दिनेशकुमार यादवले जानकारी दिनुभयो । उहाँका अनुसार उद्धार गरिएको अजिङ्गर १३ फिट लामो र ३१ किलो पाँच सय ८० ग्राम तौलको थियो ।

उखु काट्ने क्रममा किसानले अजिङ्गर देखेका थिए । वन सुरक्षाकर्मी, स्थानीयवासीको सहयोगमा उद्धार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रको सीमसार क्षेत्रमा छाडिएको कार्यालय प्रमुख यादवले बताउनुभयो ।

बर्मी प्रजातिका अजिङ्गरले चरादेखि सुँगुर र मृगजस्ता ठूला स्तनधारी जनावरहरूलाई समेत आहारा बनाउने गर्छ ।  

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया