वैशाख २० गते भक्तपुरमा दीप श्रेष्ठ साङ्गीतिक साँझ हुने
बैशाख ७, २०८२ आइतबार
गाजा युद्धविराम सम्झौताको पहिलो चरणको अवधिमा हमासले रिहा गर्न बाँकी २६ जना बन्धकमध्ये आठ जनाको ज्यान गएको इजरायलले जनाएको छ ।
इजरायलका सरकारी प्रवक्ता डेभीड मेन्सरका अनुसार प्यालेस्टिनी सशस्त्र समूहले बन्धकहरूको अवस्थाको बारेमा दिएको सूचीमा आठ जना बन्धकको ज्यान गएको उल्लेख छ ।
हमासले आठ जनाको हत्या गरेको भन्दै यसबारे उनीहरुका परिवार तथा आफन्तलाई इजरायले जानकारी गराइसकेको बीबीसीले जनाएको छ । यही जनवरी १९ मा युद्धविराम शुरू भएदेखि इजरायली जेलमा रहेका दुई सय ९० भन्दा बढी प्यालेस्टिनी कैदीको बदलामा सात जना महिलालाई हमासले रिहा गरिसकेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार यो हप्ता हमासले थप ६ जना बन्धकलाई रिहा गर्ने छ । इजरायलले ८७ जना बन्धकहरूमध्ये ३४ जनाको ज्यान गइसकेको अनुमान गरेको छ । युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३३ जना बन्धक रिहा गर्ने बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।