आजदेखि पोखरा–छेन्दु नियमित उडान : पर्यटन क्षेत्रमा उत्साह

 चैत ५, २०८१ मंगलबार ११:५०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमित व्यावसायिक चार्टर्ड उडान शुरू भएको छ ।

सिचुआन प्रान्तको सहयोगमा सिचुआन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक नियमित व्यावसायिक चार्टर्ड उडान गरेकाे हो ।

आज एक सय २७ चिनियाँ पर्यटक लिएर जहाज पोखरामा अवतरण गरेकाे हाे । त्यही जहाज चढेर पोखराका पर्यटन व्यवसायी छेन्दु उड्नेछन् । यो उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई अझै प्रभावकारी बनाउँदै पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान र व्यावसायिक सहकार्यलाई थप उचाइमा पुर्‍याउने नेपाल पर्यटन बोर्डको विश्वास छ ।

पोखरा–छेन्दु उडानले मध्य र पश्चिम नेपालका यात्रुका लागि कम खर्चमा हवाई सेवामा सहज पहुँचका साथै चिनियाँ पर्यटकलाई पोखराको अवलोकनको अवसर प्रदान गर्ने बोर्डले जनाएको छ ।

यसबाट ‘पोखरा पर्यटन वर्ष’ अभियानलाई समेत टेवा पुग्नेछ । पोखरा महानगरले सन् २०२५ लाई भ्रमण वर्ष घोषणा गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई वर्षअघि उद्घाटन भएको थियो ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया