वैशाख २४ गतेभित्र त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान हुन्छ : मन्त्रालय

 चैत ५, २०८१ मंगलबार १८:१८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – शहरी विकास मन्त्रालयले आउँदाे वैशाख २४ गतेभित्र कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने बताएको छ । आज काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण मैनालीले याे जानकारी दिनुभएकाे छ ।

शहरी विकास मन्त्रालयअन्तर्गतकाे सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपकाे प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि ठेकेदार कम्पनीसँग यही फागुनमा सम्झौता गरेकाे थियाे ।

त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणका लागि काठमाण्डाैकाे टङ्गालमा रहेकाे बीकेओआई–केसीडीसी–बीजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएकाे थियाे । यस्तै फ्लडलाइट जडानका लागि ललितपुरको गुसिङ्गलमा रहेको विशाल–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख रुपैयाँमा ठेक्का पाएको थियाे ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया