युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयका ६४ आङ्गिक क्याम्पसमध्ये आज ३८ वटामा मात्रै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव भएको छ ।
त्रिवि केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीका अनुसार आज दुई वटा क्याम्पसमा चुनाव रोकिएको छ । मतदान शुरू भएर पनि पाटन संयुक्त क्याम्पस र पृथ्वीनारायण क्याम्पसमा रोकिएको छ । बाँकीमा यसअघि नै स्थगित भएको थियो । पृथ्वीनारायणमा भोलि मतदान हुने सहमति भएको छ । बाँकीमा १५ दिनभित्रसम्ममा चुनाव गराउने योजना रहेको उहाँले बताउनुभयो ।
त्रिविका १ हजार ५३ वटा सम्बन्धन प्राप्त क्याम्पस छन् । सम्बन्धन प्राप्त कति वटा क्याम्पसमा चुनाव भयो भन्नेबारे विवरण सङ्कलन भइरहेको त्रिविले जनाएको छ ।
यसैबीच नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले स्ववियु चुनावका क्रममा विभिन्न क्याम्पसहरूमा भिन्नभिन्न कारण देखाई तालाबन्दी हुँदा निर्वाचन प्रक्रिया अवरुद्ध हुन गएको विषयप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति निकालेर समस्याको समाधानसहित मतदानको सुनिश्चितता गर्न माग गर्नुभएको छ । विज्ञप्तिमा शेर्पाले वार्ताको माध्यमबाट समस्या सुल्झाएर चुनावको वातावरण बनाउन नेविसङ्घ मातहतका विभिन्न इकाइ एवम् आबद्ध विद्यार्थी नेताहरूलाई निर्देशनसमेत दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।