युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोर भोलि बिहान सबैरै पृथ्वीमा आइपुग्ने भएका छन् ।
सुनिता र बुचलाई बोकेको स्पेसएक्स रकेट स्थानीय समयानुसार ५ बजेर ५ मिनेटमा स्टेशनबाट पृथ्वीका लागि अलग भएको बीबीसीले जनाएको छ । उनीहरूलाई पृथ्वीमा फर्किन १७ घण्टा लाग्ने र नेपाली समयानुसार भोलि बिहान पौने ४ बजेतिर अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गर्ने खबरमा उल्लेख छ ।
यो रकेटमा अमेरिकी निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जान्डर गोर्बुनोभ पनि सामेल छन् । सुनिता र बुच आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा स्पेस स्टेशन गएका थिए । उनीहरू बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा गएका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका थिए ।
यसअघि उनीहरूको फिर्तीका लागि प्रक्षेपण गर्न खोजिएको फाल्कन–९ अन्तिम समयमा स्थगित गरिएको थियो । सुनिता र बुचसहित चार जना फर्किएसँगै उनीहरूको ठाउँमा यसअघि स्पेसएक्ससँगै गएका रुस र जापानका एक/एक तथा अमेरिकाका दुई गरी चार जना नयाँ अन्तरिक्षयात्री अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।