कोरोनापछि देशभर दुई सय ३६ ह्याचरी उद्योग बन्द, किसान विस्थापित

 चैत ५, २०८१ मंगलबार १२:०:११ | रासस
unn.prixa.net

फाइल तस्बिर

चितवन – कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । काेभिड–१९ (काेराेना) महामारीपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ ।

यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर ६ वटामा झरेको छ । एक हप्तामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले ३० लाख उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । लेयर्स चल्ला हप्तामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ ।

महासङ्घका उपाध्यक्ष पोखरेलका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा ५५ देखि ६० रुपैयाँसम्म पर्न जान्छ । लेयर्सको मूल्य एक सय २० देखि एक सय २५ रुपैयाँ पर्छ ।

नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि दुई वर्षसम्म चल्लाको लागत मूल्य नपाउँदा ती ह्याचरी बन्द भएका हुन् ।

चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायत कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित भएका हुन् ।

सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी उद्योग बन्द हुँदै गर्दा फार्मसमेत बन्द हुन्छन् । यसबाट एउटै ह्याचरीको करोडौं नोक्सान हुन्छ । एउटा ह्याचरी उद्योग सञ्चालन गर्न ४० करोड रुपैयाँभन्दा धेरै लगानी हुन्छ ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया