युक्रेनी सेनाको नियन्त्रणमा रहेका ७ जना नेपालीलाई मुक्त गरिदि...
चैत ५, २०८१ मंगलबार
काठमाण्डाै – १९ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलको खेलतालिका सार्वजनिक भएको छ । भारतको अरुणाचल प्रदेशमा रहेको युपिया शहरको गोल्डेन जुब्ली स्टेडियममा आउँदो मे ९ देखि १८ तारिखसम्म हुने प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको हो ।
प्रतियोगिताको समूह ‘ए’ मा माल्दिभ्स, भुटान र साविक विजेता बङ्गलादेश छन् । यस्तै समूह ‘बी’ मा नेपाल, भारत र श्रीलङ्का छन् । नेपालले मे ११ मा श्रीलङ्कासँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । यस्तै नेपालले समूह चरणको दोस्रो तथा अन्तिम खेलमा मे १३ मा भारतसँग खेल्नेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलङ्का र भारत खेल्नेछन् ।
प्रतियोगितामा समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा समूह ‘ए’ को विजेता र समूह ‘बी’ को उपविजेता तथा समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता खेल्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।