प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान

 चैत ५, २०८१ मंगलबार १३:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । आज गृह मन्त्रालयमा सचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । थापा नेपाल प्रहरीको ३१औं आईजीपी बन्नुभएको छ ।

दर्ज्याही चिह्न ग्रहणपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्न प्रयत्न गर्ने बताउनुभयो । अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहाना र विकल्पविना अघि बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयाे । देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकमा अमनचयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन आफूले पहल गर्ने महानिरीक्षक थापाको भनाइ छ ।

कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै देशको शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमनचयन कायम गरी सुखी नेपाली र समृद्ध नेपालको लक्ष्यका लागि काम गर्न आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया